वर्षको अन्तिम खेलमा मेस्सीको परीक्षा : आज बनाउन सक्छन् यस्तो रेकर्ड

एजेन्सी, पुस ५
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आज वर्ष २०१९ को अन्तिम खेल अलाभेससँग खेल्दैछ । लिगको १८औं साताको खेल आफ्नो घरेलु मैदानमा खेल्दा कप्तान लिओनल मेस्सी भने एक महत्त्वपूर्ण रेकर्डसामु छन् ।

३२ वर्षीय मेस्सीले आज घरमा वर्षको अन्तिम खेल खेल्दा गोल संख्यामा अर्धशतक पूरा गर्ने अवसर छ । वर्ष २०१९ मा मेस्सीले हालसम्म क्लब र देशका लागि गरी कूल ४९ गोल गरेका छन् । उनी अब ५० गोलको महत्त्वपूर्ण कोसेढुंगाबाट मात्रै १ गोलले टाढा छन् ।

यदि आज घरमा कम्तीमा १ गोल गर्न सके मेस्सीले यस वर्ष ५०औं गोल मात्रै पूरा गर्दैनन्, करिअरमा नवौंपटक सिंगल क्यालेन्डर इयरमा ५० गोल गर्ने खेलाडीको रेकर्डसमेत बनाउनेछन् ।

यस वर्ष मेस्सीले क्लब र देश अर्जेन्टिनाका लागि समेत गरी कूल ५७ खेलबाट ४९ गोल गरेका हुन् । उनी बढी गोल गर्ने दोस्रो खेलाडी हुन् । उनीभन्दा अघि जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की छन् । उनले ५४ गोल गरेका छन् ।

सन् २००९ यता सर्वाधिक गोकलर्ता खेलाडी :

  • २००९ – ४१ गोल – मेस्सी (लुइस स्वारेज–४६ गोल)
  • २०१० – ६० गोल–मेस्सी पहिलो
  • २०११ – ५९ गोल–मेस्सी (क्रिस्टियानो रोनाल्डो–६० गोल)
  • २०१२ – ९१ गोल (मेस्सी पहिलो)
  • २०१३ – ४५ गोल–मेस्सी (क्रिस्टियानो रोनाल्डो–६९ गोल)
  • २०१४ – ५८ मेस्सी गोल (क्रिस्टियानो रोनाल्डो–६१ गोल)
  • २०१५– ५२ गोल–मेस्सी (क्रिस्टियानो रोनाल्डो–५७ गोल)
  • २०१६– ५९ गोल (मेस्सी पहिलो)
  • २०१७– ५४ गोल–मेस्सी (ह्यारी केन–५६ गोल)
  • २०१८– ५१ गोल (मेस्सी पहिलो)
  • २०१९– ४९ गोल–मेस्सी (रोवर्ट लेवान्डोस्की –५४ गोल)

प्रकाशित मिति ५ पुष २०७६, शनिबार १६:०७
Loading...