क्लब वर्ल्ड कप फाइनल : उपाधिका लागि आज लिभरपुल र फ्लामेन्गो भिड्दै

काठमाडौं, पुस ५
आज वर्ष २०१९ को फिफा क्लब विश्वकप फुटबलमा उपाधि भिडन्त हुँदैछ । जहाँ युरोपियन च्याम्पिन्स लिगको विजेता टोली लिभरपुलले दक्षिण अमेरिकी क्षेत्रका च्याम्पियन फ्लामेन्गो भिड्दैछन् ।

उपाधि भिडन्त कतारको खालिफा इन्टरनेसनल रंगशालामा नेपाली समयअनुसार राति ११ः१५ बजेबाट सुरु हुनेछ । लिभरपुल यस वर्षको दोस्रो उपाधिका रूपमा क्लब विश्वकपको उपाधि पोल्टामा पार्ने दाउमा छ । यसअघि लिभरपुलले युइएफए सुपर कपको उपाधि जितिसकेको छ ।

आज फ्लामेन्गो र लिभरपुल दुवै टोलीका लागि उपाधि भिडन्त निकै रोमाञ्चक हुनेछ । यो सिजन सबैखाले प्रतियोगितामा उत्कृष्ट लयमा रहेको लिभरपुल आज ब्राजिलको क्लबलाई हराएर यो उपाधि जित्ने दाउमा छ ।

यसअघि सेमिफाइनलमा फ्लामेन्गोले कतारी क्लब अल हिलाललाई ३–१ ले हराएर फाइनलमा स्थान बनाउँदा लिभरपुलले मेक्सिन क्लब मोन्टेररीलाई २–१ ले हराएर फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार १२:४१
Loading...