काठमाडौं, पुस ५
स्पेनिस ला लिगामा गत रातिबाट यस वर्षका अन्तिम साताका खेल भइरहेका छन् । आज केही खेल हुँदैछन् । जसमा आज साबिक विजेता बार्सिलोना लिगको १८औं खेल आफ्नो घरेलु मैदानमा अलाभेससँग खेल्दैछ । बार्सिलोनाले लगातार दोस्रो खेल आफ्नो घरमा खेल्न लागेको हो ।
३ दिनअघि बार्सिलोनाले क्याम्प नोउमै सिजनको पहिलो इएल क्लासिको खेलेको थियो, जुन ०–० मा सकिएको थियो । सो खेलपछि बार्सिलोनाले लगातार दोस्रो होम म्याच अलाभेससँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ । खेल ला लगाको अफिसियल फेसबुक पेजबाट लाइभ हेर्न सकिन्छ ।
आजको खेल दुवै टोलीका लागि विन्टर तथा क्रिसमसको बिदा हुनुअघिको अन्तिम खेल हो । यो वर्ष २०१९ को अन्तिम खेल पनि हो । यो खेलपछि लिगका २० खेल बाँकी रहनेछन् । लिग पुनः नयाँ वर्षको जनवरी पहिलो साताबा सुरु हुनेछ ।
आजको खेलमा बार्सिलोनाको टोलीमा अधिकांश प्रमुख खेलाडी छन् । कप्तान मेस्सीसहित सबैजसो प्रमुख खेलाडी टोलीमा छन् भने अन्सु फाती चोटका कारण टोलीमा छैनन् ।
बार्सिलोना आजको खेलमा स्पष्ट जित निकाले विन्टर बिदा हुनुअघि लिगको शीर्ष स्थानलाई कायमै राख्ने दाउमा छ । बार्सिलोना हाल १७ खेलपछि ३६ अंक बनाएर शीर्ष स्थानमा छ । अलाभेस १९ अंकसहित १४औं स्थानमा छ ।
आजका अन्य खेल नेपाली समयमा :
मालोर्सा भर्सेसा सेभिल्ला – साँझ ५ः४५ बजे
भिल्लारियल भर्सेस गेटाफे – राति ११ः१५ बजे
भाल्लाडोलिड भर्सेस भ्यालेन्सिया – १ः४५ बजे
प्रकाशित मिति ५ पुष २०७६, शनिबार ०८:४४