‘द गार्डियन’द्वारा वर्षका उत्कृष्ट १० खेलाडीको सूची सार्वजनिक : मेस्सी पहिलो नम्बरमा

एजेन्सी, पुस ५
चर्चित ब्रिटिस पत्रिका ‘द गार्डियन’ ले वर्ष २०१९ का लागि सर्वोत्कृष्ट फुटबल खेलाडीको सूची सार्वजनिक गरेको छ । शुक्रबार पत्रिकाले अफिसियल रूपमा यस वर्षका लागि उत्कृष्ट १० खेलाडीको सूची प्रकाशित गरेको हो ।

सो पत्रिकाले वर्षभरिको खेलाडीको व्यक्तिगत प्रदर्शन, उपाधि, टिमको जितमा गरेको योगदानलाई आधार मानेर उत्कृष्ट खेलाडी घोषणा गरेको हो । जसमा यस वर्ष बालोन डि‘ओर जितेका स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी सबैभन्दा पहिलो नम्बरमा छन् । मेस्सीले यस वर्ष बालोन डि‘ओरसँगै फिफा वर्ष खेलाडीका अवार्ड समेत जिते ।

मेस्सीपछि दोस्रो नम्बरमा इंग्लिस क्लब लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक छन् भने तेस्रोमा लिभरपुलकै साडियो माने छन् । चौथोमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहँदा पाँचौंमा लिभरपुलकै मोहमद सालाह छन् ।

यस्तो छ पूरा सूची :

प्रकाशित मिति ५ पुष २०७६, शनिबार १०:३३
Loading...