बुन्डेसलिगा : डर्टमुन्ड फेरि पराजित : बार्यनलाई उछिन्ने मौका गुमायो

काठमाडौं, पुस ५
जर्मन लिग बुन्डेसलिगामा यो सिजन उपाधि होडमा रहेको बोरुसिया डर्टमुन्ड पराजित भएको छ । गत राति अवे मैदानमा भएको खेलमा डर्टमुन्ड होफेनहेइमसँग अन्तिम समयमा गोल खाएर २–१ ले स्तब्ध बनेको हो । यो हारसँगै डर्टमुन्डले साबिक विजेता बार्यन म्युनिखलाई उछिनेर तेस्रो स्थानमा उक्लिने मौकासमेत गुमायो ।

होफेनहेइमको घरमा डर्टमुन्डले खेलको १७औं मिनेटमा मारियो गोट्जेको गोलबाट अग्रता लिएको थियो । सो गोलको अग्रता पाहुना टोली डर्टमुन्डले खेलको ७८औं मिनेटसम्म जोागायो । तर, उसले त्यसपछि ८ मिनेटमा २ गोल खायो ।

खेलको ७९औं मिनेटमा सार्गिस अड्मायानले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको अन्तिम समय ८७औं मिनेटमा होफेनहेइमका लागि आन्द्रेज कर्मारिकले गोल गरेपछि खेल डर्टमुन्डले २–१ ले जित्यो ।

अब यो जितसँगै होफेनहेइम १७ खेलबाट २७ अंक बनाएर छैटौं स्थानमा चढेको छ । पराजित डर्टमुन्ड समान खेलछि ३० अंकसहित चौथो स्थानमा यथावत छ ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार ०७:५९
Loading...