लेवान्डोस्की पहिलो नम्बरमा : मेस्सी टप–५ बाहिर !

काठमाडौं, पुस ५
जारी सिजनको विन्टर ब्रेकसम्म पुग्दा युरोपियन टप–५ लिगमा जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । क्रिसमस तथा जाडो बिदाअघि अन्तिम एक खेल बाँकी छँदा लेवान्डोस्की युरोपियन टप–५ लिगमा कूल ३० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।

‘ट्रान्सफर’ मार्केटले जारी गरेको सूचीमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी भने शीर्ष पाँचमा पनि परेका छैनन् । सिजन २०१९–२० को यहाँसम्मको अवधिमा आइपुग्दा लेवान्डोस्कीले क्लबका कूल ३० गोलका आँकडा पूरा गरेका छन् । उनले २४ खेलबाट ३० गोल गरेका हुन् ।

दोस्रो नम्बरमा जर्मन क्लब लेपजिगका टिमो वार्नर छन् । उनले कूल २४ खेलबाट २३ गोल गरेका छन् । यहाँ प्रस्तुत सूचीमा युरोपका शीर्ष पाँच लिगअन्तर्गत क्लबका लागि गरेको गोलको मात्रै तथ्यांक छ ।

जारी सिजन स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले १७ खेलबाट भने कूल १४ गोल गरेका छन् । त्यस्तै, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोले २० खेलबाट १२ गोल गरेका छन् ।

प्रकाशित मिति ५ पुष २०७६, शनिबार १२:३८
Loading...