युभेन्टसमा रोनाल्डोको महत्त्वपूर्ण कोसेढुंगा पूरा

एजेन्सी, पुस ४
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लबका लागि ४० गोल पूरा गरेका छन् । उनले गत सिजन र यो सिजनसमेत गरी युभेन्टसका लागि गरेको गरी कूल संख्या ४० पुगेको छ ।

दुई दिनअघि इटालियन लिगमा साम्पडोरियाविरुद्ध १ शानदार हेडिङ गोल गरेसँगै उनले क्लबका लागि ४० गोल पूरा गरेका हुन् । ४० गोल पूरा गर्दा रोनाल्डोले ३१ गोल घरेलु लिगमा गरेका छन् भने ८ गोल च्याम्पियन्स लिगमा गरेका छन् । १ गोल गत सिज इटालियन सुपरकोपाको फाइनलमा गरेका थिए । उनले ६३ खेलबाट कूल ४० गोल गरेका हुन् । ४० गोलमा एक ह्याट्रिक सामेल छ ।

रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिड छाडेर ११६ मिलियन युरोमा युभेन्टसमा पुगेका थिए । पहिलो सिजन उनले घरेलु लिग सिरी ए र सुपरकोपा गरी दुई उपाधि जिते ।

प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार १५:४३
Loading...