सनको रेकर्ड : चौथोपटक कोरियाको वर्ष खेलाडी घोषित

एजेन्सी, असार ३
इंग्लिस क्लब टोटनह्याम तथा दक्षिण कोरियाका स्टार फरवार्ड सन हेङ–मिन चौथोपटक कोरियाको वर्ष खेलाडी घोषित भएका छन् । आज कोरियाको ‘द कोरिया फुटबल एसोसिएसन’ले सनलाई २०१९ का लागि पुरुषतर्फ देशकै सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो ।

यससँगै सनले यस अवार्डमा कीर्तिमान बनाएका छन् । सन चौथोपटक कोरिया वर्ष खेलाडीको अवार्ड जित्ने खेलाडी बनेका छन्, जुन अन्य कुनै पनि खेलाडीको भन्दा धेरैपटक हो । सन भोटिङबाट ‘द मेल प्लेयर अफ् द इयर फर २०१९’ घोषित भएका हुन् । सनले भोटिङमा कूल २०९ अंक पाए ।

सनले यसअघि पनि यो अवार्ड तीनपटक जितिसकेका छन् । उनी सन् २०१३, २०१४ र २०१७ मा पनि वर्ष खेलाडी घोषित भएका थिए ।

टोटनह्यामका प्रमुख फरवार्ड सन आफ्नो देशबाट युरोपियन लिगमा सर्वाधिक गोलकर्ता खेलाडी हुन् । सनले गत सिजन २०१८–१९ मा टोटनह्यामका लागि ४८ खेलबाट २० गोल गरेका थिए । जारी सिजन सनले २१ खेलबाट १० गोल गर्दै ७ गोलमा असिस्ट गरेका छन् ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार १७:५७
Loading...