फातीका नाममा २१औं शताब्दीकै दुर्लभ रेकर्ड !

काठमाडौं, पुस ३
स्पेनिस बार्सिलोनाका युवा स्टार खेलाडी अन्सु फातीले चर्चित खेल इएल क्लासिकोमा कीर्तिमान बनाएका छन् । १७ वर्षका फाती अब इएल क्लासिको खेल्ने २१औं शताब्दीकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

गत राति बार्सिलोना र रियल मड्रिडले सिजनको पहिलो खेल खेल्दा फातीले इएल क्लासिकोमा डेब्यु गरेका थिए । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा फाती ८३औं मिनेटमा एन्टोनी ग्रीजम्यानको स्थानमा मैदान छिरेका थिए ।

फातीले १७ वर्ष ४८ दिनको उमेरमा चर्चित खेल इएल क्लासिकोमा डेब्यु गरेका हुन् । यसअघि २१औं शताब्दीमा यति कम उमेरमा कुनै पनि खेलाडीले डेब्यु गरेका थिएनन् ।

यसअघि यो रेकर्ड बोजान क्रिकको नाममा थियो, जो बार्सिलोनाकै खेलाडी थिए । उनले सन् २००७ मा १७ वर्ष ११७ दिनको उमेरमा इएल क्लासिकोमा डेब्यु गरेका थिए ।

तर, फाती अब इएल क्लासिको खेल्ने २१औं शताब्दीकै सबैभन्दा कान्छा खेलाडी बनेका छन् । यो २१औं शताब्दीको मात्रै रेकर्ड हो । तर, यसअघि १९औं शताब्दीको सबैभन्दा कान्छा खेलाडीको रेकर्ड भने अन्य खेलाडीको नाममा छ, जो इएल क्लासिको इतिहासकै सबैभन्दा कान्छा खेलाडी हुन् ।

यस्तो रेकर्ड भिसेन्ट मार्टिनेजनका नाममा छ, जसले मात्रै १६ वर्ष २८० दिनको उमेरमा सन् १९४१ को अक्टोबर १८ मा डेब्यु गरेका थिए । उनी पनि बार्सिलोनाकै खेलाडी थिए ।

फातीले यसअघि ला लिगाको इतिहासमै बार्सिलोनाबाट डेब्यु गर्ने र गोल गर्ने पनि कान्छा खेलाडीको रेकर्ड बनाइसकेका छन् ।

इएल क्लासिको खेल्ने कम उमेरका खेलाडी

भिसेन्ट मार्टिनेज (बार्सिलोना) – १६ वर्ष २८० दिन
अन्सु फाती (बार्सिलोना) – १७ वर्ष ४८ दिन
बोजान क्रिक (बार्सिलोना) – १७ वर्ष ११७ दिन
लिओनल मेस्सी (बार्सिलोना) – १८ वर्ष १४८ दिन

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ११:४६
Loading...