काठमाडौं, पुस ३
युवा खेलाडी रहिम स्टर्लिङले २ गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस काराबाओ कप फुटबलमा सहज जित निकालेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा खेलमा सिटीले अक्सफोर्ड युनाइटेडलाई ३–१ गोलले निराश बनायो ।
सिटीको सहज जितमा स्टर्लिङले २ गोलको योगदान दिए । अर्को १ गोल क्यानसिलोले गरे । यता, युनाइटेडका लागि टेलरले १ गोल गरे ।
सिटीले खेलको २२औं मिनेटमा क्यानसिलोको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफ सुरु हुनासाथ युनाइटेड खेलमा फर्कियो । ४६औं मिनेटमा टेलरले गोल गरेर खेल १–१ बनाएका थिए ।
त्यसपछि सिटीका लागि स्टर्लिङ नायक बने । उनले ५०औं मिनेटमा पहिलो गोल गरे भने ७०औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।
यो जितसँगै सिटीले अब सेमिफाइनलमा लिग प्रतिस्पर्धी क्लब म्यानचेस्टर युनाइटेडसँग फाइनल प्रवेशका लागि भिड्नेछ । लेस्टर सिटीले एस्टोन भिल्लाको सामना गर्नेछ ।
प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०९:०९