लिग कपमा पिएसजीको फराकिलो जित : एपबाप्पेको लगातार गोल

काठमाडौं, पुस ३
फ्रान्सको नकआउट क्लब फुटबल प्रतियोगिता लिग कपमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । गत राति भएको खेलमा पिएसजीले दोस्रो डिभिजनको क्लब लि मिन्सलाई ४–१ ले निराश बनायो । यो जितसँगै पिएसजी प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

पिएसजीको जितमा खेलको २१औं मिनेटमा पाब्लो सराबियाको गोलबाट अग्रता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा इरिक म्याक्सले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

लगत्तै त्यसको एक मिनेटमै केलियन एमबाप्पेले गोल गरेपछि पिएसजीले पहिलो हाफमा ३–० को सहज अग्रता लियो । त्यसपछि दोस्रो हाफमा पिएसजीले १ गोल गरेर १ गोल खायो ।

खेलको ४७औं मिनेटमा डि मारियाले गोल गरेपछि पिएसजीले ४–१ ले अघि रह्यो । त्यसपछि खेलको ५३औं मिनेटमा मेन्सका लागि हरिसन मान्जालाले गोल गरेर पिएसजीको जित ४–१ मा खुम्च्याएका थिए । त्यसपछि खेलमा थप गोल भएन ।

यससँगै एमबाप्पेले लगातार छैटौं खेलमा गोल गर्न सफल भएका छन् । उनले पछिल्ला ६ खेलबाट ७ गोल गरेका छन् ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०८:४९
Loading...