इन्जुरी समयमा विजयी गोल : लिभरपुल क्लब विश्वकपको फाइनलमा

काठमाडौं, पुस ३
इंग्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । गत राति भएको सेमिफाइनल खेलमा मेक्सिन क्लब मोन्टेररीलाई १–२ ले हराउँदै लिभरपुल फाइनल प्रवेश गरेको हो ।

साउदी अरेबियामा जारी प्रतियोगितामा लिभरपुललाई कठिन जित दिलाउन सक्सिच्युट खेलाडी रोवर्ट फर्मिन्हो नायक बने । लिभरपुलले खेलको ११औं मिनेटमा नाबी केइटाको गोलबाट अग्रता लिएको थियो । केइटाले मोन्टररीको रक्षापंक्तिको गल्तीको उठाउँदै सहजै गोल गरेका थिए ।

तर, मोन्टेररीले गोल खाएको ३ मिनेटमै बराबरी गोल फर्कायो । रोगेलियो फुनेस मोरीले बराबरी गोल गरेका थिए । सो गोलपछि खेल ९० मिनेटसम्म १–१ को अवस्थामा रह्यो । तर, खेलको ८५औं मिनेटमा मैदान छिरेका फर्मिन्होले इन्जुरी समयमा गोल गरेपछि खेल लिभरपुलले १–२ ले जित्यो ।

अब प्रतियोगिताको उपाधिका लागि फाइनलमा लिभरपुल र र ब्राजिलको क्लब फ्लामेन्गो भिड्ने भएका छन् । फ्लामेन्गोले कतारी क्लब अल हिलाललाई हराएर फाइनलमा स्थान बनाएको छ । फाइनल खेल शनिबार हुनेछ । सोही दिन तेस्रो स्थानका लागि सेमिमा पराजित टिम भिड्नेछन् ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०७:२२
Loading...