बार्सिलोना भर्सेस रियल मड्रिड : रोमाञ्चक भिडन्तको पहिलो हाफमा बराबरी

काठमाडौं, पुस ३
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अहिले सिजनको पहिलो इएल क्लासिको भिडन्त जारी छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

९० हजारभन्दा बढी घरेलु दर्शकमाझ खेलिरहेको बार्सिलोनलाई पहिलो हाफमा पाहुना टोली रियलले चर्को दबाबमा राखेर खेल्यो । खेलको तेस्रो मिनेटबाटै बार्सिलोनाको पोस्टमा आक्रमण बुन्न थालेको रियलले लगातार आक्रमण गरिरहँदा बार्सिलोनलाई रोक्न भ्याई–नभ्याई देखियो ।

पहिलो हाफमा रियलले कूल १३ प्रहार गर्दा ५ प्रहार टार्गेटमा राख्यो भने बार्सिलोनाले जम्मा तीन प्रहार गर्दै एक प्रहार मात्रै टार्गेमा हान्यो ।

प्रकाशित मिति ३ पुष २०७६, बिहीबार ०१:३१
Loading...