‘इएल क्लासिको’अघि बार्सिलोनाका खेलाडीको घर लुटपाट !

एजेन्सी, पुस २
स्पेनिस बार्सिलोनाका खेलाडी नेल्सन सेमेडोको घर लुटपाट भएको छ । आज (बुधबार) राति सिजनको पहिलो इएल क्लासिको हुनुभन्दा केही घन्टाअघि पोर्चुगिज खेलाडी बस्ने घरमा चोरी भएको हो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार सेमेडो रियल मड्रिडविरुद्धको खेलका लागि सहकर्मीसँगै तयारीमा रहेका बेला उनको घरमा चोरी भएको हो । चोरी गर्नेले उनको घरबाट गरगहनाका साथै घडी र अन्य महँगा सामान लगेको उल्लेख छ ।

खेलाडीको घर चोरी भएको यो नै नयाँ घटना होइन । यसअघि पनि थुप्रैपटक इएल क्लासिकोअघि खेलाडीका घरमा लुटपाट हुने गरेका थिए । यसअघि बार्सिलोनाकै खेलाडी अर्थुर, रियल मड्रिडका कासेमिरो, बार्सिलोनाका पूर्वखेलाडी फिलिपे कोउटिन्होको इएल क्लासिकोअघि घर चोरी भएको थियो ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार २२:११
Loading...