‘इएल क्लासिको’ भिडन्त : यसरी हेर्नुहोस् लाइभ

काठमाडौं, पुस २
युरोपियन क्लब फुटबलमा सबैभन्दा चर्चित र ठूलो भिडन्तका रूपमा लिइने स्पेनका दुई ठूला क्लब बार्सिलोना र रियल मड्रिडबीचको ‘इएल क्लासिको’ भिडन्त आज राति हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा राति नेपाली समयअनुसार ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

लाइभ कसरी हेर्ने ?

ला लिगका खेल गत सिजनबाटै भारतसहित सब–कन्टीनेन्ट क्षेत्रमा टिभी–च्यानलमा लाइभ छैन । सोनी नेटवर्कले ला लिगासँग प्रशारण अधिकार खरिद नगरेकाले नेपालसहित यस क्षेत्रका दर्शकले ला लिगाका खेल टिभी–च्यानलमा लाइभ हेर्न पाउनेछैनन् ।

फेसबुकमा सजिलैसित हेर्नुहोस् : ला लिगाका सबै खेल विश्वभरि नै ला लिगाको अफिसियल फेसबुक पेजबाट हेर्न सकिन्छ । ध्यान दिनुपर्ने कुरा, ‘फेसबुक लाइट’बाट लाइभ हेर्न मिल्दैन । यसका लागि ‘फेसबुक एप’ नै चाहिन्छ ।

मोबाइल एपका लागि : फुटबल लाइभ दिने थुप्रै मोबाइल एपहरू छन् । त्यसमध्ये Futnews बाट सजिलै र HD क्वालिटीमा लाइभ हेर्न सकिन्छ । यो गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ । तर, यस्तो एपमा कहिलेकाहीं खेल केही मिनेट ढिला गरी मात्रै लाइभ हुन सक्छन् ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार २०:०२
Loading...