सिरी ए : आज साम्पडोरिया र युभेन्टस भिड्ने

काठमाडौं, पुस २
इटालीको घरेलु लिग सिरी ए फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ लिगको दोस्रो स्थानको युभेन्टस र १६औं स्थानको साम्पडोरिया लिगको १७औं साताको खेल खेल्दैछन् । खेल साम्पडोरियाको घरेलु मैदानमा राति ११ः४० बजेबाट सुरु हुनेछ ।

हाल लिगमा युभेन्टस १६ खेलपछि ३९ अंक बनाएर दोस्रो स्थानमा छ । समान ३९ अंक भए पनि गोलअन्तरमा अघि रहेर इन्टर मिलान शीर्ष स्थानमा छ । आज युभेन्टस अवे मैदानमा साम्पडोरियालाई हराएर अंक तालिकाको शीर्ष स्थानमा चढ्ने दाउमा छ । यता, आज युभेन्टसलाई आफ्नो घरमा स्वागत गर्न लागेको साम्पडोरिया भने १६ खेलबाट १५ अंक बनाएर १६औं स्थानमा रहेको छ ।

युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पछिल्ला तीन खेमा लगातार गोल गरेका छन् । उनले ३ खेलबाट ४ गोल गरेका छन् । पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका रोनाल्डोका लागि आजको खेल गोल संख्या बढाउन अवसर हुनेछ ।

प्रकाशित मिति २ पुष २०७६, बुधबार ११:५७
Loading...