‘इएल क्लासिको’अघि बार्सिलोनालाई जिदानको ‘काउन्टर’ !

एजेन्सी, पुस १
युरोपियन क्लब फुटबलमै सबैभन्दा चर्चित र ठूलो खेलका रूपमा लिइने स्पेनिस ला लिगाको इएल क्लासिको भिडन्त भोलि (बुधबार) हुँदैछ । सो खेलअघि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलबारे धारणा राखेका छन् । फ्रेन्च कोच जिदानले सांकेतिक रूपमा बार्सिलोनालई चुनौती दिँदै आफूहरू जितका लागि तयार रहेको बताएका छन् ।

जिदानले बार्सिलोनासँग मेस्सीजस्ता खेलाडी भए पनि आफूहरूसँग पनि आफ्ना ‘अस्त्र’ रहेको भन्दै बार्सिलोनाको घर क्याम्प नोउ जाँदा हार्न नजाने बताएका छन् । ‘हामीलाई थाहा, हामी एक बलियो टिमको सामना गर्न गइरहेका छौं जोसँग मेस्सी छन् । तर, हामीसँग पनि हाम्रा अस्त्र छन्,’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा जिदानले भने ।

जिदानले इएल क्लासिकोबारे आफू चिन्तित नरहेको पनि बताए । ‘क्लासिकोबारे म चिन्तित छैन । हामी यो खेल खेल्न गइरहेका छौं, म खुसी छु । सायद सबै भोलिको खेलका लागि सबै व्यग्र पर्खाइमा छन्,’ जिदानले भने, ‘भोलिको क्लासिको राम्रो होस् भन्ने मानिस चाहन्छन् ।’

प्रकाशित मिति १ पुष २०७६, मंगलवार १७:४५
Loading...