रोनाल्डो र हाजार्डबारे मेस्सीको यस्तो टिप्पणी

एजेन्सी, पुस १
स्पेनिस ला लिगा फुटबलमा भोलि (बुधबार) सिजनको पहिलो इएल क्लासिको भिडन्त हुँदैछ । सो खेलअघि बार्सिलोनाका कप्तान लिओनल मेस्सीले रियलका पूर्वसुपरस्टार क्रिस्टियानो रोनाल्डोबारे टिप्पणी गरेका छन् । त्यस्तै, रियलका हालका नयाँ खेलाडी इडेन हाजार्डबारे पनि मेस्सीले धारणा राखेका छन् ।

आफ्नो घरेलु मैदानमा रियलसँगको भिड्नुअघि मेस्सीले रियलमा रोनाल्डोको प्रतिस्थापन असम्भवजस्तै रहेको बताएका छन् । उनले रोनाल्डोको उत्तराधिकारीका रूपमा हेरिएका इडेन हाजार्ड एक शानदार खेलाडी रहे पनि उनले रोनाल्डोको ठाउँ कहिल्यै लिन नसक्ने बताए ।

गत राति वर्ष २०१९ का लागि छैटौंपटक पिचिची अवार्ड थापेपछि ‘मार्सा’सँग कुरा गर्दै मेस्सीले आफ्ना खास प्रतिस्पर्धीबारे धारणा राखेका हुन् । मेस्सीलाई ‘रियलमा क्रिस्टियानो रोनाल्डोको विकल्प इडेन हाजार्ड बन्न सक्छन्’ भनेर सोधिएको थियो ।

‘हाजार्डसँग प्रशस्तै क्षमता छ । उनी एक फरक खेलाडी हुन्, जो टिमको रक्षापंक्तिलाई समेत सहयोग गर्न सक्छन् । तर, मेरो विचारमा विभिन्न शैली र चरित्रले पनि उनी क्रिस्टियानोभन्दा विल्कुलै फरक छन्,’ मेस्सीले भनेका छन्, ‘क्रिस्टियानोको स्थान लिन कठिन मात्रै नभएर असम्भवजस्तै छ । तर, हाजार्ड पनि एक ठूला खलाडी हुन् ।’

प्रकाशित मिति १ पुष २०७६, मंगलवार १५:४८
Loading...