क्लब विश्वकप सेमिफाइनल : लिभरपुलको प्रतिस्पर्धी मोन्टेररी

काठमाडौं, पुस १
फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल्ने ४ वटै टिमको टुंगो लागेको छ । महादेशस्तरीय क्लब फुटबल प्रतियोगिताको च्याम्पियनले खेल्ने यस प्रतियोगितामा युरोपबाट च्याम्पियन्स लिग विजेताले सोझै सेमिफाइनलमा प्रवेश पाउँछ ।

जसमा गत सिजन च्याम्पियन्स लिग जितेको इंग्लिस क्लब लिभरपुलले सेमिफाइनलमा उत्तर अमेरिकी महादेशबाट मेक्सिन क्लब एफसी मोन्टेररी प्रतिस्पर्धी पाएको छ ।

त्यस्तै, दक्षिण अमेरिकी महादेशबाट ब्राजिलियन क्लब फ्लामेन्गो र मध्यपूर्वी देश साउदी अरेबियाको अल–हिलाल अर्को सेमिफाइनलमा खेलमा भिडन्त गर्नेछन् ।

पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार आज राति ११ः१५ बजेबाट सुरु हुनेछ । आजै पाँचौं स्थानका लागि कतारी क्लब अल सदा र इएस टुनिस क्लबको भिडन्त हुँदैछ ।

दोस्रो सेमिफाइनल खेल भोलि (बुधबार) मोन्टेररी र लिभरपुलबीच राति ११ः१५ बजेबाट सुरु हुनेछ । फाइनल खेल शनिबार हुनेछ भने तेस्रो स्थानका लागि पनि शनिबारै हुनेछ ।

प्रकाशित मिति १ पुष २०७६, मंगलवार १२:४६
Loading...