एथ्लेटिको मड्रिडका ओब्ल्याकलाई चौथोपटक सर्वोत्कृष्ट गोलकिपरको अवार्ड

काठमाडौं, पुस १
स्पेनिस एथ्लेटिको मड्रिडका गोलकिपर जन ओब्ल्याकले सर्वोत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् । उनले स्पेनको घरेलु लिग ला लिगाअन्तर्गत सिजन २०१८–१९ उत्कृष्ट प्रदर्शन गर्दै सो अवार्डमा बाजी मारेका हुन् । यससँगै उनले यो अवार्ड चौथोपटक जितेका छन् । यस अवार्डको नाम जामोरो ट्रफी हो ।

स्पेनको चर्चित खेल पत्रिकाले ‘मार्सा’ दिने यो अवार्ड गत राति आयोजित ‘द मार्सा फुटबल अवार्ड–२०१९’ कार्यक्रमबीच प्रदान गरियो । यो अवार्ड हरेक सिजन ला लिगामा सबैभन्दा कम गोल खाने र सर्वाधिक क्लिन सिट राख्ने गोलकिपरलाई दिइन्छ । स्लोभिेनियाका ओब्ल्याकले गएको सिजन कूल ३७ खेल खेल्दै मात्रै २७ गोल खाएका थिए । जसमा उनले २० खेलमा क्लिन सिट राखेका थिए । गएको सिजन लिगमा सबैभन्दा बढी गोल बचाउ गर्ने पनि उनै हुन् । उनले आफूले सामना गरेमध्ये ७९.४ प्रतिशत बल बचाएका थिए ।

यससँगै ओब्ल्याकले जामोरो ट्रफी सर्वाधिक जित्ने जाउन अकुना र सान्टिायागो कानिजारेसका को रेकर्डसँग पनि बराबरी गरेका छन् । अब यी ३ जनाले जितेको जामोरा ट्रफीको संख्या समान ३–३ पुगेको छ ।

प्रकाशित मिति १ पुष २०७६, मंगलवार ०८:०४
Loading...