पिचिची अवार्डमा मेस्सीको कीर्तिमान : एकसाथ दुई अवार्ड

काठमाडौं, पुस १
स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सीले कीर्तिमानी छैटौं पिचिची अवार्ड ग्रहण गरेका छन् । अघिल्लो दिन स्पेनमा आयोजित ‘द मार्सा फुटबल अवार्ड–२०१९’ कार्यक्रमबीच मेस्सीलाई सो अवार्ड प्रदान गरियो । पिचिची अवार्ड हरेक सिजन ला लिगाको सर्वाधिक गोलकर्ता खेलाडीलाई दिइन्छ ।

यो अवार्ड स्पेनको चर्चित खेल पत्रिका ‘मार्सा’ले प्रदान गर्छ । पिचिची अवार्डसँगै मेस्सीले सिजनकै सर्वोत्कृष्ट खेलाडीले पाउने अल्फ्रेडो डि स्टेफानो अवार्डसमेत जितेका छन् ।

गएको सिजन बार्सिलोनाले ला लिगा जित्नेक्रममा मेस्सीले कूल ३६ गोल गरेका थिए । यससँगै मेस्सी अब पिचिची अवार्ड सर्वाधिक जित्ने बार्सिलोनाकै पूर्वखेलाडी तेल्मो जर्राको रेकर्डसँग बराबरी गरेका छन् । जर्राले आफ्नो करिअर दौरान कूल ६ पटक पिचिची अवार्ड जितेका थिए । अब सो रेकर्ड मेस्सी र जर्राको नाममा संयुक्त रूपमा रहनेछ ।

प्रकाशित मिति १ पुष २०७६, मंगलवार ०८:०३
Loading...