मेस्सीलाई भेट्टाए बेन्जेमाले

काठमाडौं, मंसिर ३०
जारी सिजन स्पेनिस ला लिगा फुटबलको पिचिची अवार्डको दौडमा बार्सिलोनाका लिओनल मेस्सी र रियल मड्रिडका करिम बेन्जेमाबीच रोचक प्रतिस्पर्धा देखिएको छ । गत राति अवे मैदानमा भ्यालेन्सियासँग १–१ को बराबरी खेल्नेक्रममा टिमका लागि बराबरी गोल गरेका बेन्जेमाले मेस्सीको गोल संख्यासँग बराबरी गरेका छन् ।

मेस्सीले यो सिजन ला लिगामा कूल १२ गोल गरेका छन् । तर, गत रातिको गोलसँगै बेन्जेमाले मेस्सीको सर्वाधिक लिग गोल संख्यासँग बराबरी गरेका छन् । अहिले दुवैको नाममा समान १२–१२ गोल छ । मेस्सीले लिगमा ६ गोलमा असिस्ट गरेका छन् भने बेन्जेमाले ५ गोलमा असिस्ट गरेका छन् ।

पिचिची अवार्ड ला लिगाको सर्वाधिक गोलकर्ता खेलाडीलाई दिइन्छ । यो अवार्ड मेस्सीले हालसम्म ६ पटक जितेका छन् । उनले पछिल्ला तीन वर्ष लगातार यो अवार्ड जितेका छन् । यसपटक पनि मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता बने उनी सर्वाधिक सातौंपटक पिचिची अवार्ड जित्ने एक्लो खेलाडी बन्नेछन् ।

प्रकाशित मिति ३० मंसिर २०७६, सोमबार २०:३८
Loading...