युरोपियन टप–५ लिगमा रोनाल्डोको नयाँ रेकर्ड

एजेन्सी, मंसिर ३०
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन टप–५ लिगमा नयाँ कीर्तिमान बनाएका छन् । गत राति घरेलु लिगमा आफ्नो घरमा पाहुना टोली उडिनेसविरुद्ध २ शानदार गोल गरेका रोनाल्डो अब युरोपको शीर्ष लिगमा लगातार १५ सिजनसम्म डबल फिगरमा गोल गर्ने एक मात्रै खेलाडी बनेका छन् ।

आफ्नो घरमा भएको खेल युभेन्टसले ३–१ ले जित्दा रोनाल्डोले नवौं र ३५औं मिनेटमा गरी २ गोल गरेका थिए । सो २ गोलसँगै उनले जारी सिजन क्लबका लागि सबैखाले प्रतियोगितामा गरेको कूल गोल संख्या ११ पुगेको छ । उनले १९ खेलबाट ११ गोल गर्दै २ गोलमा असिस्ट पनि गरेका छन् ।

३४ वर्षीय रोनाल्डोले युरोपियन टप–५ लिगमा लगातार १५ सिजनसम्म १० वा सोभन्दा बढी गर्ने एक्लो खेलाडीको रेकर्ड बनाएका हुन् । रोनाल्डोबाहेक अन्य कोही पनि यस्तो खेलाडी छैन, जसले लगातार १५ सिजनसम्म १० वा सोभन्दा बढी गोल गरेको होस् ।

प्रकाशित मिति ३० मंसिर २०७६, सोमबार १५:२२
Loading...