च्याम्पियन्स लिगमा आज हुने अन्तिम १६ को ‘ड्र’बारे सम्पूर्ण जानकारी

काठमाडौं, मंसिर ३०
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को ड्र आज हुँदैछ । पूर्वनिर्धारित कार्यक्रमअनुसार आज अपराह्न ड्र हुन लागेको हो ।

‘ड्र’ हुने स्थान र समय

युइएफएले नकआउट चरणको ड्र आज सोमबार युइएफएको केन्द्रीय कार्यालय रहेको स्थान स्वीट्जरल्यान्डको नियोनमा गर्दैछ । ड्र नेपाली समयअनुसार अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ ।

‘ड्र’को लाइभ कसरी हेर्ने ?

युइएफएको ‘ड्र नेपालमा सधैं खेल प्रशारण हुने टिभी च्यानलबाट लाइभ हुनेछ । त्यस्तै, विश्वभरबाट मोबाइल एप ‘सोनी लिभ’बाट पनि लाइभ हेर्न सकिनेछ ।

अन्तिम १६ को ‘ड्र’ गर्दा लागू हुने सर्तहरू

– समूह चरणमा आफ्नो समूहको विजेता बनेको टिमले अन्तिम १६ मा अर्को कुनै पनि समूहको उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । त्यस्तै, समूह चरणमा आफ्नो समूहको उपविजेता बनेको टिमले अन्तिम १६ मा अर्को कुनै पनि टिमको विजेता टोली प्रतिस्पर्धी पाउनेछ ।

– समूह चरणमा आफ्नै समूहमा भएको विजेता वा उपविजेता टोलीसँग अन्तिम १६ मा खेल्नु पर्दैन ।

– अन्तिम १६ मा एकै देशका दुई क्लबले पनि खेल्नु पर्दैन । जस्तो– स्पेनको बार्सिलोनाले एथ्लेटिको मड्रिड, रियल मड्रिड वा इंग्ल्यान्डको लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्नु पर्दैन ।

अन्तिम १६ मा कुन देशबाट कति टिम पुगे ?

इंग्ल्यान्ड – ४

स्पेन – ४

इटाली – ३

जर्मनी – ३

फा्रन्स – २

यी हुन् अन्तिम १६ मा जाने टिम

समूह ए – पिएसजी (विजेता), रियल मड्रिड (उपविजेता)

समूह बी – बार्यन म्युनिख (विजेता), टोटनह्याम (उपविजेता)

समूह सी – म्यानचेस्टर सिटी (विजेता), एट्लान्टा (उपविजेता)

समूह डी – युभेन्टस (विजेता), एथ्लेटिको मड्रिड (उपविजेता)

समूह ई – लिभरपुल (विजेता), नापोली (उपविजेता)

समूह एफ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमुन्ड (उपविजेता)

समूह जी – आरबी लेइपजिग (विजेता), लियोन (उपविजेता)

समूह एच – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)

सम्भावित ड्र ः कसको डिभन्त कोसँग ः

पिएसजी – टोटनह्याम, एट्लान्टा, नापोली, बोरुसिया डर्टमुन्ड, चेल्सीमध्ये एकसँग ।

रियल मड्रिड – म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, आरबी लेइपजिगमध्ये एकसँग ।

बार्यन म्युनिख – रियल मड्रिड, एट्लान्टा, एथ्लेटिको मड्रिड, नापोली, लियोन, चेल्सीमध्ये एकसँग ।

टोटनह्याम – पिएसजी, युभेन्टस, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।

म्यानचेस्टर सिटी – रियल मड्रिड, एथ्लेटिको मड्रिड, नापोली, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।

एट्लान्टा – पिएसजी, बार्यन म्युनिख, लिभरपुल, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।

युभेन्टस – रियल मड्रिड, टोटनह्याम, बोरुसिया डर्टमुन्ड, लियोन, चेल्सीमध्ये एकसँग ।

एथ्लेटिको मड्रिड – पिएसजी, बार्यन म्युनिख, म्यानचेस्टर सिटी, लिभरपुल, आरबी लेइपजिगमध्ये एकसँग ।

लिभरपुल – रियल मड्रिड, एट्लान्टा, एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।

नापोली – पिएसजी, बार्यन म्युनिख, म्यानचेस्टर सिटी, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।

बार्सिलोना – टोटनह्याम, एट्लान्टा, नापोली, लियोन, चेल्सीमध्ये एकसँग ।

बोरुसिया डर्टमुन्ड – पिएसजी, म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, भ्यालेन्सियामध्ये एकसँग ।

आरबी लेइपजिग – रियल मड्रिड, टोटनह्याम, एट्लान्टा, एथ्लेटिको मड्रिड, नापोली, चेल्सी मध्ये एकसँग ।

लियोन – बार्यन म्युनिख, म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, बार्सिलोना, भ्यालेन्सियामध्ये एकसँग ।

भ्यालेन्सिया – टोटनह्याम, एट्लान्टा, नापोली, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।

चेल्सी – पिएसजी, बार्यन म्युनिख, युभेन्टस, बार्सिलोना, आरबी लेइपजिगमध्ये एकसँग ।

अन्तिम १६ का खेल कहिलेबाट ?

ड्र सार्वजनिक भएपछि अन्तिम १६ अन्तर्गत पहिलो लेगका खेल सन् २०२० को फेब्रुअरी १८ र १९ मा हुनेछ । त्यस्तै, दोस्रो लेगका खेल फेब्रुअरी २५ र २६ मा हुनेछन् ।

प्रकाशित मिति ३० मंसिर २०७६, सोमबार ११:४८
Loading...