म्यानचेस्टर सिटीद्वारा आर्सनलको उसकै घरमा धुलाइ !

काठमाडौं, मंसिर ३०
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल आफ्नै घरमा नमिठो गरी हारेको छ । पाहुना टोली म्यानचेस्टर सिटीले आर्सनललाई उसको घरमा ०–३ ले स्तब्ध बनायो ।

जितको दबाब लिएर आर्सनलको घरमा उत्रिएको सिटीका लागि खेलको दोस्रो मिनेटमै केभिन डे ब्रुयानले शानदार गोल गरेका थिए । त्यसपछि खेलको १५औं मिनेटमा रहिम स्टर्लिङले सिटीका लागि दोस्रो गोल गरे । सो गोलमा डे ब्रुयानले नै पास दिएका थिए ।

त्यसपछि खेलको ४०औं मिनेटमा डे ब्रुयानले व्यक्तिगत दोस्रो गोल गरे । सो गोलपछि सिटीले पहिलो हाफमा ०–३ को अग्रता बनायो । दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि खेल सिटीले जित्यो ।

यो जितपछि सिटीले १७ खेलबाट ३५ अंक बनाएको छ । उसले लिग लिडर लिभरपुलसँगको दूरी १४ मा झारेको छ । पराजित आर्सनल २२ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति ३० मंसिर २०७६, सोमबार ००:२०
Loading...