काठमाडौं, मंसिर २९
इटालियन सिरी ए फुटबल प्रतियोगिताा आज साबिक विजेता युभेन्टसले लिगको १६औं खेल खेल्दैछ । यो खेल खेल्न युभेन्टसले हाल लिगको १५औं स्थानमा रहेको उडिनेसलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ ।
युभेन्टस हाल ३६ अंकसहित लिगको दोस्रो स्थानमा छ । ऊ लिग लिडर इन्टर मिलानभन्दा २ अंकले पछि छ । यदि युभेन्टसले आज आफ्नो घरमा स्पष्ट जित निकाले ऊ शीर्ष स्थानमा चढ्नेछ । तर, आजै राति मिलानले आफ्नो खेल खेल्ने हुँदा सो खेल जिते पुनः मिलान शीर्षमा चढ्नेछ ।
युभेन्टसले मिलानमाथि दबाब बढाउन वा शीर्ष स्थान लिन आजको खेल ३ अंक ज्यादै महत्त्वपूर्ण छ । अघिल्लो खेलमा लाजियोसँग अवे मैदानमा हारेको युभेन्टस आजको खेल जितेर जितको बाटोमा फर्किन चाहन्छ ।
आज युभेन्टसको टोलीमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुइन रहनेछन् भने ब्राजिलियन खेलाडी डग्लस कोस्टा पनि फिट हुँदै टोलीमा फर्किएका छन् ।
प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार ११:५७