महिलाको फिफा वरीयतामा नेपालको फड्को

काठमाडौं, मंसिर २९
नेपालको राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा फड्को मारेको छ । फिफाले अघिल्लो दिन सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एकैपटक तीन सुधार गरेको छ । नयाँ नयाँ वरीयताअनुसार नेपाल ९७औं स्थानमा चढेको छ । यसअघि नेपाल १०० औं स्थानमा थियो ।

यता, दक्षिण एसियाको वरीयतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालअघि भारत ५७औं स्थानमा रहेको छ । त्यसैगरी, बंगलादेश १३०औं, श्रीलंका १३६औं, माल्दिभ्स १३८ औं र भुटान १५०औं स्थानमा रहेका छन् ।

विश्वभरको वरीयतामा भने अमेरिका शीर्ष स्थानमा छ । त्यसपछि जर्मनी दोस्रोमा रहँदा नेदरल्यान्ड्स तेस्रो तथा फ्रान्स चौथोमा छ । पाँचौंमा स्वीडेन छ ।

प्रकाशित मिति २९ मंसिर २०७६, आईतवार ११:४३
Loading...