सोसिडाड भर्सेस बार्सिलोना : पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं, मंसिर २८
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा अहिले लिग लिडर बार्सिलोना र चौथो स्थानको रियल सोसिडाडको खेल जारी छ । सोसिडाडको घरेलु मैदानमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

आफ्नो घरमा उत्कृष्ट प्रदर्शन गरिरहेको सोसिडाडले खेलको १२औं मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । बक्समा बार्सिलोनाका सर्जियो बुस्केट्सले सोसिडाडका खेलाडीलाई आकासे बल लिनेक्रममा तानेर रोकेपछि रेफ्रीले भिएआरको मदतमा सोसिडाडलाई पेनाल्टीको मौका दिएका थिए ।

जसमा मिकेल ओएरजाबालले सहजै गोल गरे । तर, बार्सिलोनाले बराबरी गोल फर्कायो । खेलको ३८औं मिनेटमा लुइस स्वारेजको पासमा ग्रीजम्यानले चलाखीपूर्वक चिप प्रहारमा गोल गरेपछि पहिलो हाफ १–१ मा टुंगियो ।

प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार २१:२९
Loading...