काठमाडौं, मंसिर २८
इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न ६ खेलहरू हुँदैछन् । आज हुने खेलमा केही ठूला टोलीका रोमाञ्चक खेल पनि हुनेछन् । जसमा आज लिग लिडर लिभरपुलको खेल हुँदैछ भने चेल्सी र लेस्टर सिटीको खेल पनि आजै हुँदैछ ।
यो सिजन घरेलु लिगमा हालसम्म पनि अपराजित नै रहेको लिभरपुल आज १७औं खेल वाटफोर्डसँग आफ्नो घरमा खेल्दैछ । वाटफोर्ड हाल लिगको सबैभन्दा पुछार २०औं स्थानमा छ । त्यस्तै, आज चौथो स्थानको चेल्सीले आफ्नो घरमा बोर्नेमाउथसँग खेल्नेछ । बोर्नेमाउथ पछिल्ला पाँच खेलमा लगातार हार भोगिरहेको छ । आज ऊ चेल्सीको घरमा जितको खोजीमा हुनेछ ।
यता, अर्को खेलमा दोस्रो स्थानको लेस्टरले १९औं स्थानको नर्विच सिटीको सामना गर्दैछ । यो सिजन राम्रो लयमा देखिएको लेस्टका लागि अंक तालिकामा मजबुत बन्न आजको जित आवश्यक छ ।
हाल लिगमा लिभरपुल १६ खेलपछि ४६ अंक बनाएर पहिलो स्थानमा छ । लेस्टर सिटी ३८ अंकसहित दोस्रोमा छ भने म्यानचेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ । चेल्सी २९ अंकसहित चौथोमा छ भने म्यानचेस्टर युनाइटेड २४ अंकसहित पाँचौं स्थानमा छ ।
आजका खेल नेपाली समयमा :
- लिभरपुल भर्सेस वाटफोर्ड – साँझ ६ः१५ बजे
- चेल्सी भर्सेस बोर्नेमाउथ – राति ८ः४५ बजे
- सेफ युनाइटेड भर्सेस एस्टोन भिल्ला – राति ८ः४५ बजे
- लेस्टर सिटी भर्सेस नर्विच सिटी – राति ८ः४५ बजे
- बर्नली भर्सेस न्युक्यास्टल – राति ८ः४५ बजे
- साउथह्यामपटन भर्सेस वेस्ट ह्याम – राति ११ः१५ बजे