ला लिगा : बार्सिलोना आज अवे मैदानमा रियल सोसिडाडासँग भिड्दै

काठमाडौं, मंसिर २८
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज लिग लिडर बार्सिलोना र रियल सोडिडाडको भिडन्त हुँदैछ । आफ्नो १६औं खेल खेल्न बार्सिलोना लिगको चौथो स्थानको सोेसिडाडाको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ । ला लिगाको अफिसियल फेसबुक पेजबाट खेल लाइभ हेर्न सकिनेछ ।

बार्सिलोना हाल १५ खेलपछि ३४ अंक बनाएर लिगको शर्षि स्थानमा छ । सोसिडाड १६ खेलपछि २७ अंक बनाएर चौथो स्थानमा रहेको छ ।

यो सिजन उत्कृष्ट लयमा देखिएको सोसिडाडले आज लिग लिडरलाई आफ्नो घरमा स्वागत गर्दै कडा चुनौती दिने पक्का छ । खेलअघि आयोजित पत्रकार सम्मेलनमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने सोसिडाड यो सिजन शानदार लयमा रहेको बताउँदै उनीहरूलाई घरमा हराउन मुस्किल हुने बताएका छन् ।

यता, सोसिडाडका प्रशिक्षकले पनि बार्सिलोनालाई कसरी रोक्न सकिन्छ भनेर आफूहरूलाई राम्रोसँग थाहा भएको बताएर चुनौती दिएका छन् । सोसिडाड आज आफ्ना घरेलु समर्थकमाझ बार्सिलोनालाई हराएर लिगको नवौं जिते निकाल्ने दाउमा छ ।

आजको ४ दिनपछि बार्सिलोना सिजनको पहिलो इएल क्लासिको खेल्दैछ । सो खेलघि हुने सोसिडाडसँगको खेल भने बार्सिलोनाका दबाबपूर्ण हुनेछ । रियल मड्रिडसँग भेट हुनुअघि बार्सिलोना शानदार प्रदर्शनका साथै जित निकालेर रियललाई आफूहरू भिडन्तका लागि तयार रहेको सन्देश दिन चाहन्छ ।

आज बार्सिलोनाको टोलीमा पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध हुनेछन् । यसअघि च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेलमा आराम दिइएका कप्तान लिओनल मेस्सी र डिफेन्डर जेरार्ड पिके पनि आज टोलीमा फर्किएका छन् ।

प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार १०:४३
Loading...