काठमाडौं, मंसिर २७
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणका सबै खेल सकिएर अन्तिम १६ को समीकरण पूरा भएको छ । अघिल्लो रात अन्तिम दिनका खेलबाट इटालियन एट्लान्टा र एथ्लेटिको मड्रिडले नकआउट चरणमा स्थान तय गरेसँगै अन्तिम १६ मा जाने १६ वटै टोलीको टुंगो लागेको हो ।
अब अन्तिम १६ का खेलका लागि युइएफएले ड्र सार्वजनिक गरेपछि अर्को वर्षको फेब्रुअरी दोस्रो साताबाट पुनः प्रतियोगिता सुरु हुनेछ । अन्तिम १६ मा कुन टोलीले को प्रतिस्पर्धी पाउलान् ? यसबारे अहिले धेरैको चासो छ । अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेसँगै सम्भावित ‘ड्र’को दृश्य देखिएको छ । यहाँ यसबारे चर्चा गरिएको छ ।
अन्तिम १६ को ‘ड्र’ गर्दा लागू हुने सर्तहरू
– समूह चरणमा आफ्नो समूहको विजेता बनेको टिमले अन्तिम १६ मा अर्को कुनै पनि समूहको उपविजेता टोली प्रतिस्पर्धी पाउनेछ । त्यस्तै, समूह चरणमा आफ्नो समूहको उपविजेता बनेको टिमले अन्तिम १६ मा अर्को कुनै पनि टिमको विजेता टोली प्रतिस्पर्धी पाउनेछ ।
– समूह चरणमा आफ्नै समूहमा भएको विजेता वा उपविजेता टोलीसँग अन्तिम १६ मा खेल्नु पर्दैन ।
– अन्तिम १६ मा एकै देशका दुई क्लबले पनि खेल्नु पर्दैन । जस्तो– स्पेनको बार्सिलोनाले एथ्लेटिको मड्रिड, रियल मड्रिड वा इंग्ल्यान्डको लिभरपुलले म्यानचेस्टर सिटीसँग खेल्नु पर्दैन ।
अन्तिम १६ मा कुन देशबाट कति टिम पुगे ?
इंग्ल्यान्ड – ४
स्पेन – ४
इटाली – ३
जर्मनी – ३
फा्रन्स – २
यी हुन् अन्तिम १६ मा जाने टिम
समूह ए – पिएसजी (विजेता), रियल मड्रिड (उपविजेता)
समूह बी – बार्यन म्युनिख (विजेता), टोटनह्याम (उपविजेता)
समूह सी – म्यानचेस्टर सिटी (विजेता), एट्लान्टा (उपविजेता)
समूह डी – युभेन्टस (विजेता), एथ्लेटिको मड्रिड (उपविजेता)
समूह ई – लिभरपुल (विजेता), नापोली (उपविजेता)
समूह एफ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमुन्ड (उपविजेता)
समूह जी – आरबी लेइपजिग (विजेता), लियोन (उपविजेता)
समूह एच – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)
सम्भावित ड्र : कसको डिभन्त कोसँग :
पिएसजी – टोटनह्याम, एट्लान्टा, नापोली, बोरुसिया डर्टमुन्ड, चेल्सीमध्ये एकसँग ।
रियल मड्रिड – म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, आरबी लेइपजिगमध्ये एकसँग ।
बार्यन म्युनिख – रियल मड्रिड, एट्लान्टा, एथ्लेटिको मड्रिड, नापोली, लियोन, चेल्सीमध्ये एकसँग ।
टोटनह्याम – पिएसजी, युभेन्टस, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।
म्यानचेस्टर सिटी – रियल मड्रिड, एथ्लेटिको मड्रिड, नापोली, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।
एट्लान्टा – पिएसजी, बार्यन म्युनिख, लिभरपुल, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।
युभेन्टस – रियल मड्रिड, टोटनह्याम, बोरुसिया डर्टमुन्ड, लियोन, चेल्सीमध्ये एकसँग ।
एथ्लेटिको मड्रिड – पिएसजी, बार्यन म्युनिख, म्यानचेस्टर सिटी, लिभरपुल, आरबी लेइपजिगमध्ये एकसँग ।
लिभरपुल – रियल मड्रिड, एट्लान्टा, एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।
नापोली – पिएसजी, बार्यन म्युनिख, म्यानचेस्टर सिटी, बार्सिलोना, आरबी लेइपजिग, भ्यालेन्सियामध्ये एकसँग ।
बार्सिलोना – टोटनह्याम, एट्लान्टा, नापोली, लियोन, चेल्सीमध्ये एकसँग ।
बोरुसिया डर्टमुन्ड – पिएसजी, म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, भ्यालेन्सियामध्ये एकसँग ।
आरबी लेइपजिग – रियल मड्रिड, टोटनह्याम, एट्लान्टा, एथ्लेटिको मड्रिड, नापोली, चेल्सी मध्ये एकसँग ।
लियोन – बार्यन म्युनिख, म्यानचेस्टर सिटी, युभेन्टस, लिभरपुल, बार्सिलोना, भ्यालेन्सियामध्ये एकसँग ।
भ्यालेन्सिया – टोटनह्याम, एट्लान्टा, नापोली, बोरुसिया डर्टमुन्ड, लियोनमध्ये एकसँग ।
चेल्सी – पिएसजी, बार्यन म्युनिख, युभेन्टस, बार्सिलोना, आरबी लेइपजिगमध्ये एकसँग ।
‘ड्र’ कहिले र कहाँ ?
युइएफएले नकआउट चरणको ड्र डिसेम्बर १६ तारिख (सोमबार) मा गर्दैछ । ड्र युइएफएको केन्द्रीय कार्यालय रहेको स्थान स्वीट्जरल्यान्डको नियोनमा हुनेछ । ड्र नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।
‘ड्र’को लाइभ कसरी हेर्ने ?
युइएफएको ‘ड्र नेपालमा सधैं खेल प्रशारण हुने टिभी च्यानलबाट लाइभ हुनेछ । त्यस्तै, विश्वभरबाट मोबाइल एप बाट पनि लाइभ हेर्न सकिनेछ ।
अन्तिम १६ का खेल कहिलेबाट ?
ड्र सार्वजनिक भएपछि अन्तिम १६ अन्तर्गत पहिलो लेगका खेल सन् २०२० को फेब्रुअरी १८ र १९ मा हुनेछ । त्यस्तै, दोस्रो लेगका खेल फेब्रुअरी २५ र २६ मा हुनेछन् ।
प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १३:३७