प्रभावशाली जितसहित युनाइटेड युरोपा लिगको नकआउट चरणमा : आर्सनल पनि गयो

काठमाडौं, मंसिर २७
युरोपा लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब आर्सनलले प्रभावशाली जित जित निकालेको छ । गत राति भएको खेलमा युनाइटेडले डच क्लब एजेड अल्कमारलाई ४–० को फराकिलो अन्तरले निराश बनायो । यससँगै युनाइटेड समूह ‘एल’को विजेता बनेर नकआउट चरणसमेत प्रवेश गरेको छ । युनाइेडले कूल १३ अंक जोड्यो भने अल्कमार ९ अंकसहित दोस्रो स्थानमा रहेर नकआउट चरण जान सफल भयो ।

युनाइटेडको प्रभावशाली जितमा मासन ग्रीनउडले २ गोल गरे भने एस्ले योङ र जाउन माटाले पनि १–१ गोल गरे । युनाइटेडले ४ वटै गोल दोस्रो हाफमा गरेको हो । युनाइटेडका लागि खेलको ५३औं मिनेटमा एस्ले योङले पहिलो गोल गर्दा ग्रीनउडले ५८औं मिनेटमा गोल गर्दै क्लबको अग्रता बढाए । त्यसपछि खेलको ६२औं मिनेटमा माटाले पेनाल्टीमार्फत् गोल गरे भने त्यसको २ मिनेटमै ग्रीनउडले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले खेल ४–० ले जित्यो ।

अन्य खेलमा इंग्लिस क्लब आर्सनल पनि स्टान्डर्ड लिजसँग २–२ को बराबरी खेल्दै समूहको विजेता बनेर नकआउट चरणमा पुग्यो । त्यस्तै, स्पेनिस सेभिल्ला र इटालियन रोमा पनि नकआउट चरण प्रवेश गरेका छन् ।

प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार ०८:००
Loading...