अन्तिम १६ मा लिभरपुल परे हामी उनीहरूको छुट्टी गरिदिन्छौं : जिदान

एजेन्सी, मंसिर २६
स्पेनिस रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफूहरूको प्रस्तिपर्धी इंग्लिस क्लब लिभरपुल परे कुनै समस्या नहुने बताएका छन् । गत राति रियलले समूह चरणको अन्तिम खेलमा बेल्जियन क्लब ब्रुगीलाई हराएपछि मिडियासँग कुरा गर्दै जिदानले यस्तो बताएका हुन् ।

रियल समूह ‘ए’बाट उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ । र, त्यहाँ उसले प्रतियोगिताकै सबैभन्दा बलिया मानिएका इंग्लिलस क्लब लिभरपुल, म्यानचेस्टर सिटी, इटालियन युभेन्टस र जर्मन क्लब बार्यन म्युनिखमध्ये एक प्रतिस्पर्धी पाउने सम्भावना छ ।

पत्ररकाले जिदानलाई अन्तिम १६ को ‘ड्र’मा लिभरपुल पर्न सक्ने विषयमा सोधिएको प्रश्नमा जिदानले ठट्टा गर्दै आफूहरूले उनीहरूलाई हराउन कुनै समस्या नरहने बताए । ‘यदि हामीले लिभरपुलसँग खेल्नु परे हामी उनीहरूलाई आउट गराउँछौं,’ जिदानले भने, ‘तर, हामी यो ड्रको विषयमा केही पनि गर्न सक्दैनौं ।’

दुई वर्षअघि रियलले लिभरपुललाई नै हराएर च्याम्पियन्स लिगमा ह्याट्रिक गरेको थियो । लिभरपुल गत सिजनको च्याम्पियन टोली हो । तर, यी दुई टोलीको भेट यसपटक भने अन्तिम १६ मै हुने सम्भावना छ ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार १०:३४
Loading...