काठमाडौं, मंसिर २६
समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र इटालियन एट्लान्टाले आ–आफ्नो खेल जित्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गत रातिका खेलबाट दुई टोलीको टुंगो लागेसँगै प्रतियोगिताको अन्तिम १६ को समीकरण पनि पूरा भएको छ ।
अन्तिम १६ मा जान निर्णायक खेलमा गत राति एथ्लेटिकोले रसियन टोली लोकोमोटिभ मोस्कोलाई २–० ले हरायो । घरमा एथ्लेटिकोलाई जिताउन खेलको १७औं मिनेटमा जुआओ फेलिक्सले पेनाल्टीमार्फत् पहिलो गोल गरे भने ५४औं मिनेटमा फिलिपे अगुस्टो डे अल्मेडिया मोन्टेरियोले गोल गरे ।
यो जितपछि एथ्लेटिको समूह ‘डी’को उपविजेता बनेर अन्तिम १६ मा गयो । उसले कूल १० अंक बनायो । सो समूहबाट इटालियन युभेन्टस १६ अंकसहित समूह विजेता बनेर अन्तिम १६ मा पुग्यो ।
यता, अर्को खेलमा इटालीको क्लब एट्लान्टाले अन्तिम र निर्णायक खेलमा शाख्तर डोनेस्टकसलाई ०–३ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो । एट्लान्टा समूह ‘सी’बाट उपविजेता बन्यो ।
प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ०८:४५