म्यानचेस्टर सिटीको जितमा जेससको ह्याट्रिक

काठमाडौं, मंसिर २६
ब्राजिलियन युवा खेलाडी ग्याब्रिएल जेससले ह्याट्रिक गरेपछि इंग्लिस क्लब म्याचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा शानदार जित निकालेको छ ।

गत राति अवे मैदानमा भएको खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेबलाई सिटीले १–४ ले हरायो । सिटीले पछि परेको अवस्था उल्टाएर खेल जितेको हो । घरेलु टोली जाग्रेबले १०औं मिनेटमै ड्यानी ओल्मोको गोलबाट अग्रता लिएको थियो ।

तर, त्यसपछि सिटी शानदार खेलमा फर्कियो । उसका लागि खेलको ३४औं मिनेटमा जेससले गोल गरेपछि सिटी खेलमा फर्किएको थियो । त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ सिटीले खेलमा अग्रता बनायो ।

जहाँ ५०औं मिनेटाम जेससले व्यक्तिगत दोस्रो गोल गरे भने ५४औं मिनेटमा जेससले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औं मिनेटमा फिल फोडेनले गोल गरेपछि खेल सिटीले १–४ ले जित्यो ।

सिटी समूह ‘सी’बाट कूल १४ अंकसहित विजेता बनेर अन्तिम १६ मा पुग्दा गत राति आफ्नो खेलमा शाख्तर डोनेट्स्कलाई हराएर इटालियन क्लब एट्लान्टा पनि अन्तिम १६ मा पुग्न सफल भयो ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ०८:१७
Loading...