रियल मड्रिडको सहज जितमा चम्किए युवा खेलाडी

काठमाडौं, मंसिर २६
युवा खेलाडी चम्किएपछि स्पेनिस रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । गत राति भएको खेलमा रियलले बेल्जियन क्लब ब्रुगीलाई उसकै घरमा १–३ ले हरायो । रियललाई अवे मैदानमा जिताउन ३ जना खेलाडीले गोल गरे । जसमा २ गोल ब्राजिलका युवा खेलाडी रोड्रिगो र भिनिसियस जुनियरले गरे ।

खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा दुवै पक्षबाट गरी कूल ४ गोल भए । खेलको ५३औं मिनेटमा रियलका लागि रोड्रिगोले गोल गरेपछि घरेलु टोली पछि परेको थियो ।

तर, त्यसको दुई मिनेटमै क्लब ब्रुगीका लागि हान्स भानाकेनले बोनाभेन्चरको असिस्टमा गोल गरेर खेल १–१ बनाए । त्यसपछि आक्रामक बनेको खेलमा रियलले ६४औं मिनेटमा पुनः अग्रता लियो । यसपटक रोड्रिगोको पासमा भिनिसियस जुनियरले गोल गरे ।

त्यसपछि खेलको इन्जुरी समयमा लुका मोड्रिकले कासेमिरोको पासमा बटम राट कर्नरबाट होनको प्रहारले जाली चुमेपछि खेल रियलले १–३ ले जित्यो ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ०७:५४
Loading...