घरमा बार्यन म्युनिखले टोटनह्यामलाई चखायो नमिठो हार

काठमाडौं, मंसिर २६
नयाँ प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा शानदार लयमा फर्किएको इंग्लिस क्लब टोटनह्यामलाई जर्मन क्लब बार्यन म्युनिखले हराएको छ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति भएको समूह चरणकोे अन्तिम खेलमा बार्यनले पाहुना टोली टोटनह्यामलाई ३–१ ले निराश बनायो । घरेलु मैदनमा बार्यनलाई जिताउनेक्रममा ३ जना खेलाडीले गोल गरे । बार्यनका लागि पहिलो गोल खेलको १४औं मिनेटमा किङ्स्ले कोमानले गारेका थिए । तर, गोल खाएको ६ मिनेटमै टोटनह्याम खेलमा फर्कियो । रायन सेसेग्ननले गोल गरेर खेल १–१ बनाएका थिए ।

तर, पहिलो हाफको अन्तिम समयमा बार्यनका लागि थोमस मुलरले गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए । फेरि खेलको ६४औं मिनेटमा बार्यनका लागि ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होले गोल गरेपछि बार्यन घरमा ३–१ ले अघि रह्यो । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल बार्यन्ले ३–१ ले जित्यो । अब यो जितपछि बार्यनले समूह ‘बी’मा कूल १८ अंक जोड्यो भने टोटनह्यामले १० अंक जोड्यो । बार्यनले यसअघिको पहिलो लेगमा पनि टोटनह्यामलाई उसकै घरमा २–७ को लज्जास्पद हार चखाएको थियो ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ०७:३७
Loading...