युभेन्टसको सहज जितमा रोनाल्डोको गोल

काठमाडौं, मंसिर २६
इटालियन युभेन्टसले युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । गत राति भएको खेलमा युभेन्टसले जर्मन क्लब बायर लेभरकुसेनलाई ०–२ ले हरायो । युभेन्टस अन्तिम दुई खेलअघि नै अन्तिम १६ मा पुगिसकेको थियो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुइनले १–१ गोल गरे । रोनाल्डोको गोलमा पाउलो डिबालाले असिस्ट गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले खेलको ७५औं मिनेटमा गोल गरेका थिए । माथिल्लो कुनाबाट डिबालाले दिएको क्रस पासमा रोनाल्डोले ट्याप गर्दै बललाई जाली चुमाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा हिगुइनले गोल गरे । उनले बायरका डिफेन्डरका बीचमा कडा सट हान्द गोल गरेका थिए । सो गोलपछि खेल युभेन्टसले ०–२ ले जित्यो ।

यो जितपछि युभेन्टसले च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहँदै कूल १६ अंक बनायो । उसले ५ खेलमा स्पष्ट जित निकाल्यो भने १ खेल बराबरी गरेको हो ।

प्रकाशित मिति २६ मंसिर २०७६, बिहीबार ०६:५६
Loading...