भाल्भर्डेलाई अन्तिम १६ मा यी टिमदेखि छ डर

काठमाडौं, मंसिर २५
स्पेनिस बार्सिलोनाले गत राति समूह चरणको अन्तिम खेल इटालियन इन्टर मिलानसँग खेलेपछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले अन्तिम १६ को सम्भावित ड्रबारे बताएका छन् । इटालियन इन्टर मिलानलाई उसकै घरमा १–२ ले हराएपछि भाल्भर्डे मिडियामाझ प्रस्तुत भएका थिए ।

सोक्रममा भाल्भर्डेले अन्तिम १६ मा आफूहरूले इंग्लिस टिमसँग खेल्न नचाहेको बताए । उनले इंग्लिस टिमबाहेक अन्य जो भए पनि कुनै फरक नपर्ने बताए । ‘अहिले नै यसबारे कुरा गर्नु हतारो हुन्छ । किनभने, अझै दुई टिम छानिन बाँकी छन्,’ अन्तिम १६ को ड्रबारे सोधिएको प्रश्नमा भाल्भर्डेले भने, ‘तर, हामीले अर्को चरणमा इंग्लिस टिमसँग ड्र नपरोस् भन्ने चाहेका छौं ।’

तर, भाल्भर्डेले आफूहरू बार्सिलोना भएकाले प्रतिस्पर्धी जो परे पनि नडराउने बताए । ‘हामी बार्सिलोना हौं । र, हामी जस्तोसुकै ड्र परे पनि तयार छौं,’ भाल्भर्डेले भने, ‘हामीलाई थाहा छ हामी कोसँग पर्न सक्छौं ।’ बार्सिलोनाले अन्तिम १६ मा इंग्लिस क्लब टोटनह्याम, चेल्सी, इटालियन नापोलीमध्ये एक टिम प्रतिस्पर्धी पाउने सम्भावना छ ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार २२:११
Loading...