काठमाडौं, मंसिर २५
जारी सिजन युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ‘ड्र’अघि यदि कुनै टिम सबैभन्दा ‘कठिन’ ‘ड्र’को खतरामा छ भने त्यो स्पेनिस क्लब रियल मड्रिड हो । समूह चरणमा रियल समूह ‘ए’बाट उपविजेता बनेर अन्तिम १६ मा गएकाले उसले अन्य समूहको कुनै पनि विजेता टोलीको सामना गर्नुपर्नेछ ।
जसमा रियलले प्रतियोगिगताकै सबैभन्दा बलिया टिमहरूमध्ये कुनै एक टिमलाई प्रतिस्पर्धी पाउनेछ । जसमा रियलले पाउन सक्ने प्रतिस्पर्धी टिमहरूमा इंग्लिस क्लब म्यानचेस्टर सिटी, इंग्लिस क्लब लिभरपुल, जर्मन क्लब बार्यन म्युनिख, इटालियन युभेन्टस रहेका छन् । रियले पाउन सक्ने सम्भावित प्रतिस्पर्धीमा सबैभन्दा सहज भनेको आरबी लेइपजिग मात्रै हो ।