च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै : सम्पूर्ण जानकारीसहित

काठमाडौं, मंसिर २५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज राति समूह चरणअन्तर्गत अन्तिम चरणका ८ खेल हुँदैछन् । गत राति आठ खेल भइसकेका छन् । आज ८ खेल भएपछि समूह चरणका खेल सकिनेछन् । र, अन्तिम १६ मा जाने सबै टोलीको टुंगो लाग्नेछ ।

आज हुने खेलहरूमा इंग्लिस क्लब म्यानचेस्टर सिटी, स्पेनिस रियल मड्रिड, स्पेनिस एथ्लेटिको मड्रिड, इटालियन युभेन्टस, फ्रेन्च क्लब पिएसजी, जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इंग्लिस क्लब टोटनह्यामको भिडन्त हेर्नलायक हुनेछन् । त्यसमा पनि आज बार्यन र टोटनह्यामको भिडन्त सर्वाधिक आकर्षणको खेल बन्नेछ ।

आजका खेल नेपाली समयअनुसार :

  • शाख्तर डोनेटस्क भर्सेस एट्लान्टा – राति ११ः४० बजे
  • डाइनामो जाग्रेब भर्सेस म्यानचेस्टर सिटी – राति ११ः४० बजे
  • क्लब ब्रुगी भर्सेस रियल मड्रिड – राति १ः४५ बजे
  • एथ्लेटिको मड्रिड भर्सेस लोकोमोटिभ मोस्को – राति १ः४५ बजे
  • बायर लेभरकुसेन भर्सेस युभेन्टस – राति १ः४५ बजे
  • पिएसजी भर्सेस गालातासरे – राति १ः४५ बजे
  • ओलम्पियाकोष भर्सेस क्रेभेना ज्भेज्दा – राति १ः४५ बजे
  • बार्यन म्युनिख भर्सेस टोटनह्याम – राति १ः४५ बजे

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १४:५४
Loading...