च्याम्पियन्स लिग : ‘गर कि मर’को अवस्थामा आज युभेन्टससँग भिड्दै बायर

काठमाडौं, मंसिर २५
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज आठ खेलहरू हुँदैछन् । जसमा आज एक खेलमा जर्मन क्लब बायर लेभरकुसेन र इटालियन युभेन्टस समूह चरणको अन्तिम खेल खेल्दैछन् । यसअघि अन्तिम १६ मा स्थान बनाइसकेको युभेन्टसका लागि आजको खेल औपचारिकता मात्रै हुनेछ ।

तर, बायरका लागि भने आजको खेल अन्तिम १६ मा जान निर्णायक हुनेछ । हाल समूह ‘डी’मा युभेन्टस १३ अंकसहित शीर्ष स्थानमा छ भने स्पेनिस एथ्लेटिको मड्रिड ७ अंकहित दोस्रो स्थानमा छ । बायर ६ अंकसहित तेस्रोमा छ । आज राति हुन खेलमा बायर र एथ्लेटिको दुवै आ–आफ्नो खेल जितेर अन्तिम १६ मा जाने दाउमा छन् ।

आज बायर आफ्नो घरमा युभेन्टसलाई हराएर अन्तिम १६ जाने दाउमा रहेको बायरलाई आफ्नो खेल जितेर मात्रै पुग्दैन, त्यसका लागि एथ्लेटिको रसियन क्लब लोकोमोटिभ मोस्कोसँग हार्नुपर्छ वा बराबरीमा रोकिनुपर्छ । आज युभेन्टस र एथ्लेटिको दुवै पराजित भए बायर अन्तिम १६ मा जानेछ भने एथ्लेटिको मड्रिड समूह चरणबाटै आउट हुनेछ ।

बायर र युभेन्टसको खेल नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । सोही समयमा त्यसै समूहका एथ्लेटिको र मोस्कोको खेल पनि हुनेछ ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १४:४६
Loading...