बार्सिलोनाले मिलानलाई हराउँदा डर्टमुन्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं, मंसिर २५
जर्मन क्लब बोरुसिया डर्टमुन्ड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति समूह चरणको अन्तिम खेलमा चेक क्लब स्लाभिया प्रहामाथि २–१ को जित निकाल्लै जर्मन क्लबले नकआउट चरणमा स्थान तय गरेको हो ।

सोही समूहको अर्को खेलमा स्पेनिस बार्सिलोनाले इटालियन इन्टर मिलानलाई हराउँदा त्यसको फाइदा डर्टमुन्डलाई पुग्यो । यदि सो खेलमा मिलान विजयी भएको भए डर्टमुन्डले आफ्नो खेल जिते पनि अन्तिम १६ मा जान पाउँदैन थियो ।

आफ्नो घरमा डर्टमुन्डलाई जिताउनेक्रममा खेलको १०औं मिनेटमा जोर्डन सान्चोले पहिलो गोल गरेका थिए । त्यसपछि ४३औं मिनेटमा स्लाभियाका लागि टोमास सोउसिकले गोल गरेर खेल १–१ बनाए ।

तर, दोस्रो हाफमा डर्टमुन्डले विजयी गोल हान्यो । खेलको ६१औं मिनेटमा जुलियन ब्रान्डल्टले गोल गरेपछि डर्टमुन्डले खेलमा अग्रता बनायो । बाँकी समयमा स्लाभियाले गोल फर्काउन सकेन । र, खेल डर्टमुन्डले २–१ ले जित्यो ।

स्लाभिया खेलको ७७औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । जुलियन वेगी रातो कार्ड पाएर मैदान छाडेका थिए ।

डर्टमुन्ड समूह ‘एफ’बाट उपविजेता बनेर अन्तिम १६ मा पुगेको हो । उसले कूल १० अंक जोड्यो । १४ अंक भएको बार्सिलोना समूह विजेता बन्यो ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार ०८:५३
Loading...