इन्टर भर्सेस बार्सिलोना : पहिलो हाफमा १–१ को बराबरी

काठमाडौं, मंसिर २५
युरोपियन च्याम्यिन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा अहिले इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब बार्सिलोनाको खेल जारी छ । इन्टरको घरेलुु मैदान सान सिरोमा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।

इन्टर खेलको २३औं मिनेटमा गोल खाएर पछि परेको हो । थियो बार्सिलोनाका लागि युवा खेलाडीले कार्लेस पेरेजले गोल गरे । पेरेजले च्याम्पियन्स लिगका पहिलोपटक गोल गरेका हुन् ।

तर, गोल खाएपछि मिलानले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्कायो खेलको ४४औं मिनेटमा इन्टरका लागि रोमेलु लुकाकुले शानदार गोल गरेर खेल १–१ बनाएका हुन् । मिलानलाई अन्तिम १६ मा जान यो खेल जित्नैपर्छ । आजको खेलमा बार्सिलोनाको टोलीमा केही प्रमुख खेलाडी छैनन् ।

प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार ०२:३३
Loading...