फ्रान्सका प्रशिक्षकले २०२२ सम्म सम्झौता लम्ब्याए

एजेन्सी, मंसिर २४
सन् २०१८ को विश्वकप जिताउने फ्रान्सको राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक डेडिएर डेस्च्याम्प्सले सम्झौता नवीकरण गरेका छन् । आज फ्रान्स फुटबब संघले अफिसियल रूपमा जानकारी दिँदै आफ्ना प्रशिक्षकसँग नयाँ सम्झौता भएको पुष्टि गरेको छ ।

नयाँ सम्झौताअनुसार डेस्च्याम्प्सले अब सन् २०२२ को कतार विश्वकपसम्म फ्रान्सको टोली सम्हाल्नेछन् । फ्रान्सले त्यसअघि अर्को वर्ष हुने युरो कपसमेत खेल्नेछ । यसअघि सन् २०१६ मा फ्रान्स युरो कपको फाइनलमा आफ्नै भूमिमा पोर्चुगलसँग पराजित भएको थियो । डेस्च्याम्प्स सन् २०१२ देखि लगातार फ्रान्सको प्रशिक्षक छन् ।

५१ वर्षीय डेस्च्याम्प्स फ्रान्सकै अवकासप्राप्त खेलाडी हुन् । उनी फ्रान्सका लागि खेलाडी र प्रशिक्षक गरी दुवै भूमिकाबाट विश्वकप जित्ने व्यक्ति हुन् । फ्रान्स फुटबल संघका अनुसार डेस्च्याम्प्स सन् २०२२ को डिसेम्बरसम्म फा्रन्सको प्रमुख प्रशिक्षकको भूमिकामा हुनेछन् ।

प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार २२:०५
Loading...