च्याम्पियन्स लिग : इन्टर मिलान र बार्सिलोनाको प्लेइङ–११ मा को–को ?

काठमाडौं, मंसिर २४
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा समूह चरणअन्तर्गत अन्तिम खेलमा आज राति कूल ८ खेल हुँदैछन् । त्यसमध्ये इटालियन इन्टर मिलान र स्पेनिस बार्सिलोनाको खेल धेरैका लागि चासोमा परेको छ । किनभने, सो समूह ‘एफ’बाट बार्सिलोना यसअघि नै समूह विजेता बनेर अन्तिम १६ मा पुगिसकेको छ ।

तर, अझै पनि सो समूहबाट मिलान र जर्मन क्लब बोरुसिया डर्टमुन्डमध्ये को अर्को चरण जाने भन्ने टुंगो लागेको छैन । आज राति मिलान भने आफ्नो घरमा बार्सिलोनालाई हराए अन्तिम १६ मा जाने दाउमा छ । तर, ऊ बार्सिलोनासँग बराबरीमा रोकिए वा हारे उता जर्मन क्लब बोरुसिया डर्टमुन्डको भाग्य चम्किन सक्छ ।

यदि मिलान बार्सिलोनासँग हारे अर्को खेलमा डर्टमुन्ड चेक क्लब स्लाभिया प्रहालाई सामान्य अन्तरमा हराए पनि अन्तिम १६ मा जानेछ । तर, मिलानले बार्सिलोनालाई हराएको खण्डमा भने डर्टमुन्डलाई फराकिलो अन्तरमा जित चाहिन्छ । यदि मिलान बार्सिलोनासँग पराजित भयो भने डर्टमुन्डले बराबरी नतिजा निकाले पनि अर्को चरण जान काफी हुनेछ ।

आज मिलानले पाहुना टोली बार्सिलोनाविरुद्धको निर्णायक खेलमा पहिलो रोजाइका खेलाडी उतार्नेछ । तर, बार्सिलोना भने आज आफ्ना कप्तान लिओनल मेस्सीबिनै मिलानको घरमा हुनेछ । त्यत्ति मात्रै हैन, बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आज इटाली पुगकामध्ये केही प्रमुख खेलाडीलाई समेत आराम दिएर पहिलो रोजाइ र दोस्रो रोजाइका खेलाडीको मिश्रितसुरुआती टोली बनाउने तयारी गरेका छन् । खेल नेपाली समयअनुसा राति १ः४५ बजेबाट सुरु हुनेछ ।

मिलान र बार्सिलोनाको सम्भावित–११

मिलान – सामिर हान्डानोभिक (गोलकिपर), मिलान स्क्रिनिएर, स्टेफान डे भ्रिज, डिएगो गोडिन, क्रिस्टियानो बिरागी (डिफेन्डर), म्याटिस भ्यासेनियो, मार्सेलो ब्रोजोभिक, बोर्जा भालेरो, ड्यानिलो (मिडफिल्डर), रोमेलु लुकाकु, मार्टिनेज (फरवार्ड)

बार्सिलोना – नेटो (गोलकिपर), लेङलेट, सामुएल उम्टिटी, तोडिबोे, जुनियर फिर्पो (डिफेन्डर), इभान राकिटिक, कार्लेस अलिना, अर्टुरो भिडाल (मिडफिल्डर), अन्सु फाती, कार्लेस पेरेज, एन्टोनी ग्रीजम्यान (फरवार्ड)

प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार २१:१२
Loading...