‘सर्वाधिक गोलकर्ता’मा लेवान्डोस्की र मेस्सीको रोचक भिडन्त : यस्तो छ ताजा अवस्था

काठमाडौं, मंसिर २४
वर्ष २०१९ सकिन अब ठीक तीन साता बाँकी छ । यो वर्ष सकिन लाग्दै गर्दा यस वर्षको सर्वाधिक गोलकर्ता खेलाडी को बन्ला भन्ने चासो सर्वत्र छ । हालको ताजा अवस्थामा यस वर्षको ‘टप स्कोरर’मा जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की सबैभन्दा अगाडि छन् ।

सर्वाधिक गोकलर्तामा लेवान्डोस्की र स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीबीच रोचक प्रतिस्पर्धा देखिएको छ । हाल लेवान्डोस्कीले मेस्सीलाई मात्रै २ लिड गरिरहेका छन् ।

३१ वर्षका लेवान्डोस्कीले यो सिजन क्लब र देशका लागि गरी सबैखाले प्रतियोगितामा कूल ५१ गोल गरेका छन् । ५० गोल नघाउने उनी एक मात्रै खेलाडी हुन् । लेवान्डोस्कीले ५१ गोलमध्ये ६ गोल पोल्यान्डका लागि गरेर बाँकी गोल बार्यनका लागि गरेका छन् ।

लेवान्डोस्कीपछि दोस्रो नम्बरमा रहेका मेस्सीले यस वर्ष क्लब र अर्जेन्टिनाबाट गरी कूल ४९ गोल गरेका छन् । जसमा मेस्सीले यस वर्ष अर्जेन्टिनाका लागि कूल ५ गोल गरेका छन् भने बाँकी गोल बार्सिलोनाका लागि गरेका छन् ।

अब वर्षको सर्वाधिक गोलकर्ता को बन्छ भन्ने कुरा यस महिनामा हुने बाँकी खेलमा यी खेलाडीले गर्ने गोल संख्याले निर्भर गर्नेछ । डिसेम्बरको बाँकी ती साताको बीचमा बार्यनले ४ खेल खेल्नेछ भने बार्सिलोनाले पनि ४ खेल नै खेल्नेछ ।

टप–४ सर्वाधिक गोलकर्ता

रोवर्ट लेवान्डोस्की – ५१ गोल

लिओनल मेस्सी – ४९ गोल

केलियन एमबाप्पे – ३८ गोल

रहिम स्टर्लिङ – ३८ गोल

प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार १२:४४
Loading...