एजेन्सी, मंसिर २४
इटालियन क्लब युभेन्टसले आगामी जनवरी सिजनमा अस्ट्रियन युवा फरवार्ड इर्लिङ हल्यान्ड भित्र्याउन प्रस्ताव गरेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार युभेन्टसले हाल आरबी साल्जबर्गबाट खेलिरहेका स्टार खेलाडीलाई टुरिन उतार्न क्लबसँग अफर पठाएको छ ।
मात्रै १९ वर्षका हल्यान्ड यो सिजन शानदार लयमा छन् । उनले क्लबका लागि १९ खेल खेल्दै २४ गोल गरेका छन् भने ६ गोलका लागि असिस्टसमेत गरेका छन् । हल्यान्ड गोल गर्न निकै सिपालु खेलाडी छन् । च्याम्पियन्स लिगमा मात्रै उनले ८ गोल गरिसकेका छन् ।
युभेन्टसले हल्यान्डलाई अनुबन्ध गर्न सके गोलको अभाव नहुने र युवा खेलाडीको अभाव नहुने ठानेको छ । उसले हल्यान्डसँग ५ वर्षको सम्झौता गर्ने गरी अफर गरेको छ । ऊ १९ वर्षका हल्यान्डलाई हरेक सिजन ३ मिलियन युरो तलब दिन तयार छ ।
प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार १२:०६