च्याम्पियन्स लिग : आज हुने आठ खेलबारे पूरा जानकारी

काठमाडौं, मंसिर २४
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आजदेखि समूह चरणअन्तर्गत अन्तिम राउन्डका खेल हुँदैछन् । जसमा आज कूल ८ खेल हुन गइरहेका छन् । बाँकी ८ खेल अर्को दिन भएपछि समूह चरणको समीकरण पूरा हुनेछ ।

आज हुने खेलहरूमा इंग्लिस क्लब लिभरपुल, इटालियन नापोली, इंग्लिस क्लब चेल्सी, जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इटालियन इन्टर मिलानका खेल महत्त्वपूर्ण हुनेछन् । त्यसमा पनि आज डर्टमुन्ड, इन्टर मिलान, चेल्सीलगायत टोलीलाई अन्तिम १६ मा जान अन्तिम खेल ‘गर या मर’ बराबर हुनेछन् ।

आज हुने खेल नेपाली समयअनुसार :

  1. रेड बुल भर्सेस लिभरपुल – राति ११ः४० बजे
  2. नापोली भर्सेस जिन्क – राति ११ः४० बजे
  3. चेल्सी भर्सेस लिले – राति १ः४५ बजे
  4. बोरुसिया डर्टमुन्ड भर्सेस स्लाभिया प्रहा – राति १ः४५ बजे
  5. लियोन भर्सेस आरबी लेइपजिग – राति १ः४५ बजे
  6. बेनफिका भर्सेस जेनिट – राति १ः४५ बजे
  7. आयाक्स भर्सेस भ्यालेन्सिया – राति १ः४५ बजे
  8. इन्टर मिलान भर्सेस बार्सिलोना – राति १ः४५ बजे

प्रकाशित मिति २४ मंसिर २०७६, मंगलवार ०९:०१
Loading...