रूसमाथि लाग्यो चार वर्षको प्रतिबन्ध : कतार विश्वकप खेल्न नपाउने !

एजेन्सी, मंसिर २३
विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले सन् २०१८ को विश्वकप आयोजक देश रुसमाथि कडा कारबाही गरेको छ । उसले रुसमाथि ४ वर्षका लागि प्रतिबन्ध लगाएको छ । अब रुसले सन् २०२० को ओलम्पिक र सन् २०२२ को कतार विश्वकपसमेत खेल्न नपाउने भएको छ ।

वाडाको यस्तो कडा निर्णयले रसियन फुटबललाई ठूलो झट्का लागेको छ भने खेलाडीलाई ठूलो मार पर्ने भएको छ । तर, यदि कुनै रुसी खेलाडीले आफू डोपिङमा संलग्न नभएको प्रमाणित गर्न सकेको खण्डमा भने तथष्ट रूपमा ओलम्पिकमा सहभागिता जनाउन भने पाउनेछन् ।

आज (सोमबार) स्वीट्जरल्यान्डको लुसानमा भएको वाडाको औपचारिक बैठकले रुसमाथि यस्तो निर्णय सुनाएको हो । जनवरीमा रुसको एन्टी डोपिङ एजेन्सीले आफ्ना सबै प्रमाणहरू वाडालाई बुझाएको थियो । त्यसको अध्ययन पछि वाडाले यो फैसला गरेको हो ।

यो फैसलाका बीच पनि रसियाले सन् २०२० को युरो कप तथा युइएफएका प्रतियोगिता भने आयोजना गर्न पाउनेछ । तर, खेल्न भने पाउनेछैन । अब अब रुसलाई यो निर्णयविरुद्ध अपिल गर्न २१ दिनको समय दिइएको छ । यदि उसको अपिल सुनुवाई भए प्रतिबन्ध हट्न पनि सक्छ । तर, यो सम्भावना निकै कम छ ।

प्रकाशित मिति २३ मंसिर २०७६, सोमबार २१:२३
Loading...